Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Singhadurbar, Nepal

Press Releases

संयुक्त राष्ट्र संघीय उच्चायुक्तको कार्यालय (UN-OHRLLS) को संयुक्त आयोजनामा १ देखि ३ जेष्ठ २०७५ मा कजाकस्तानको अस्तनामा आयोजना भएको भू-परिवेष्ठित विकासोन्मुख मुलुकहरुको व्यापार, व्यापार सहजीकरण र सहस्राब्दी विकास लक्ष्यमा व्यापार र व्यापार सहजीकरणको महत्व सम्वन्धी बैठकमा वाणिज्य तथा आपूर्ति सचिव श्री चन्द्र कुमार घिमिरेको नेतृत्वमा नेपालको सहभागिता । चीनको गोन्जाओमा मे १, २०१८ का दिन शुरु भएको विश्वकै सबैभन्दा ठूलो China Import and Export Fair (Canton Fair) को १२३ औ श्रृंखलामा नेपालको सहभागिता । आ.व. २०७४/७५ को दोस्रो चौमासिक अवधिमा भएका मुख्य मुख्य कार्यहरुको प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक सम्पन्न । विश्व व्यापार प्रणालीको स्थानीयकरण र स्थानीय तहको निर्यात सम्भावना सम्बन्धी कार्यक्रम सम्पन्न । H.E. Mr. Pete Budd, Ambassador of Australia to Nepal, paid a courtesy call on Hon'ble Matrika Prasad Yadav, Minister for Industry, Commerce and Supplies (16 April 2018)

News & Notices

Media Center

Events

18
Apr

विश्व व्यापार प्रणालीको स्थानीयकरण र स्थानीय तहको निर्यात सम्भावना सम्बन्धी कार्यक्रम सम्पन्न ।

By : Admin

मुलुकको उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रलाई सबल र सुदृढ तुल्याउदै आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको प्रवर्द्धन, विकास र आयात नियमन र व्यवस्थापनमा मन्त्रालयले कार्य गर्दै आई रहेको छ । विशेष गरि वाणिज्य क्षेत्रतर्फ नेपालमा निर्यात सम्भावना भएका वस्तु र सेवाको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने गरी विभिन्‍न कार्यक्रमहरु सञ्‍चालनमा रहेका छन् ।

चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम "विश्‍व व्यापार प्रणालीको स्थानीयकरण र स्थानीय तहको निर्यात सम्भावना" सम्बन्धी कार्यक्रम प्रदेश नं. ६ को मुगु जिल्लामा र प्रदेश नं. 5 को रोल्पा जिल्लामा 2074/12/28 र 2074/12/30 मा सम्पन्‍न भएको छ ।

मिति 2074/12/28 मा स्थानीय उद्यमी, व्यवसायी जिल्लाका कार्यालय प्रमुखहरु र स्थानीय पत्रकारको उपस्थितमा उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष श्री कमल बुढाको अध्यक्षतामा करिब 75 जनाको सहभागितामा मुगुको गमगदीमा संचालित कार्यक्रममा मुख्य रुपमा देहायका विषयहरु उठेका छन् ।

  1. करिब 1 हजार मिटर देखि 7000 मिटर सम्म जिल्लाको भौगोलिक अवस्थिति रहेको तर 5% जमिनमा मात्र खेति भएकोमा खेतियोग्य जमिनको विस्तार र विकास गर्नुपर्ने ।
  2. जिल्लामा राडीपाखी, जडिबुटी, अल्लो, कपास, मास, सिमि, फापर, जौ, कोदो, सिस्नु, स्याउ, टिमुरको उत्पादन राम्रो रहेको तर ती वस्तुको प्रशोधन र बजारीकरणमा समस्या रहेको पाइयो ।
  3. कृषि जन्य वस्तुको उत्पादन लागत र व्यापार लागत बढी भएको, विद्युतको क्षमता कम भएकोले उद्योग सञ्‍चालन गर्न कठिनाई भएको, स्थानीय उत्पादनले बजार नपाएको तर अन्यतिर खाद्य वस्तुको उपयोग बढी रहेको पाइयो ।
  4. मुगु जिल्लाका 4 वटा क्षेत्रको फरक फरक सम्भावना भएकोले सम्भावना अनुकुलको नीति, कार्यक्रम र बजेटको आवश्यकता रहेको विषयमा जोड दिइएको थियो ।
  5. वैदेशिक रोजगारी प्रतिको आकर्षणले गर्दा उत्पादन प्रकृयाबाट विमुख भएको र छोटो समयको तालीमले गर्दा तालीम लिएको जनशक्तिले समेत उद्योग व्यवसाय गर्न कठिनाई रहेको विषय उठाईएको थियो ।

यसैगरी मिति 2074/12/30 गते रोल्पा जिल्लाको लिवाङमा उद्योग वाणिज्य संघ रोल्पाका उपाध्यक्ष श्री विश्‍व कुमार चन्दको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्री गञ्‍ज बहादुर एम.सी. लगायतका कार्यालय प्रमुखहरु, स्थानीय उद्योगी, व्यवसायी र कृषकको उपस्थितिमा भएको कार्यक्रममा देहायका विषयहरु मुख्य रुपमा उठाइएका थिए ।

  1. जिल्लामा निर्मित सम्भावना भएका अल्लो, अदुवा, वेसार, सिस्नो, चिराइतो, तरकारिको विउ, टिमुर, अलैची, दालचिनी, कोदो, फापर, रिठ्ठा, चिउरी, स्याउ, पाँच औंले, पदम चाल्नो लगायतको उत्पादन राम्रो रहेको पाइयो ।
  2. उक्त वस्तुहरुलाई बस्तु विकास, प्रशोधन र बजारीकरणको माध्यमबाट विकास गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनको लागि जिल्ला स्थित कार्यालय र संघको सहकर्म आवश्यक रहेको विषय उठाईएको थियो ।
  3. NTIS कार्यक्रम अन्तर्गत वितरित अदुवाको विउको प्रभाव राम्रो रहेकोले यो कार्यक्रमको क्षेत्र विस्तार र थप परिणाममा कृषकलाई उपलब्ध गराउनु पर्ने विषय उठाइएको थियो ।
  4. जिल्लामा सञ्‍चालित प्रधान कृषि आधुनिकीकरण परियोजनाको लाभ वास्तविक किसानमा पुग्नुपर्ने र कृषिजन्य वस्तुको उत्पादन लागत कम हुने गरि अनुदान दिनुपर्ने विषय उल्लेख गरिएको थियो ।
  5. जिल्लामा रहेको श्रोत र साधनको अधिकतम परिचालन गर्नुपर्ने, उत्पादनमुखी कार्यक्रम सञ्‍चालन गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने, तालिमहरुलाई आधुनिकीकरण गर्नुपर्ने, कार्यक्रम लक्षित वर्ग सम्म पुग्नुपर्ने, उद्योग स्थापना गर्ने उद्यमीलाई सुलभ कर्जाको व्यवस्था हुनुपर्ने विषय उठाइएको थियो ।

यसैगरि कार्यक्रमको सिलसिलामा जुम्ला र प्यूठान जिल्लमा मन्त्रालय, व्यापर तथा निकासी प्रवर्द्धन केन्द्र र स्थानीय उद्योग वाणिज्य संघले सञ्‍चालन गरेका कार्यक्रमको अवस्था र प्रभावको सन्दर्भमा छलफल समेत गरिएको थियो ।

 

अनुसूची 1

कार्यक्रमका केही तस्बीरहरु

 

Download report in pdf format:

विश्व व्यापार प्रणालीको स्थानीयकरण र स्थानीय तहको निर्यात सम्भावना सम्बन्धी कार्यक्रम सम्पन्न ।