Government of Nepal
Ministry of Industry, Commerce & Supplies
Singhadurbar, Nepal

Interaction regarding problems facing by Nepali Cargo Containers in Kolkota

By MOC | 2017-11-14
To
Ministry of Commerce

यही मिति २०७४ साल कार्तिक २८ गते यस वाणिज्य मन्त्रालयका सचिव श्री चन्द्रकुमार घिमिरेज्यूको संयोजकत्वमा वहाँकै कार्यकक्षमा भारतको कोलकाता बन्दरगाहमा नेपाली कार्गो कन्टेनरहरुले भोग्नु परिरहेको लामो समयसम्मको पेण्डिङ्ग लगायत व्यापार सहजीकरण देखिएका समस्याहरुको समाधान सम्बन्धमा छलफल गर्न सरोकारवाला सरकारी तथा निजी क्षेत्रका निकायहरु  छाता संगठनहरुका प्रतिनिधिहरुसंग बैठक बसी छलफल भयो ।उक्त बैठकमा कोलकाता बन्दरगाहमा भैरहेको ट्राञ्जिट कार्गोहरुको पेण्डिङ्गमा रहने समस्या समाधान गर्न वाणिज्य मन्त्रालयबाट भैरहेको पहलका सम्बन्धमा जानकारी गराइएको थियो ।

बैठकबाट बैकल्पिक बन्दरगाहको रुपमा विशाखापटनम् बन्दरगाहको उपयोग गर्ने सम्बन्धमा निजी क्षेत्रका छाता संगठनहरुले आयातकर्ता/निर्यातकर्ताहरुलार्इ अभिमुखिकरण गर्ने, कोलकाता वन्दरगाहमा र भिशाखापटनम् बन्दरगाहमा clearing/forwarding लार्इ सहजीकरण गर्ने सम्बन्धमा निजी क्षेत्र र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि. बीच छलफल गर्ने, नेपाल इण्टरमोडल यातायात विकास समितिले वीरगञ्‍ज सुख्खा बन्दरगाहमा सिलिङ्ग, equipmentplacement र निर्यातका लागि loaded container लार्इ प्राथमिकता दिएको सम्बन्धमा वाणिज्य मन्त्रालयमा नियमित रुपमा प्रतिवेदन दिने र वाणिज्य मन्त्रालयले भारत सरकारका Ministry of Railways र Ministry of Shipping संग विद्यमान समस्यका सम्बन्धमा छलफल गर्ने लगायतका निर्णयहरु गरिएको थियो ।

बैठकमा वाणिज्य मन्त्रालयका उच्च पदाधिकारीहरुका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स,  फ्रेट फर्वाडर्स एशोशियसन अफ नेपाल, नेपाल इण्टरमोडल यातायात विकास समिति लगायतका निकायहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

वाणिज्य मन्त्रालय

मितिः २०७४/०७/२८